Thursday, May 14, 2009

Gazal

गोबिन्द प्रसाद उपाध्याय

धोकाले ग्रसित मन बुझाउँ कसलाई
डढेलो लागेको मन बुझाउँ कसलाई
मुटुमा चस्केका छन् ती बाचाहरू
कोशेली बनाएर बुझाउँ कसलाई
जाँतोमा पिल्सिएको बस्तु भएर
निसासिएका भावना बुझाउँ कसलाई
पानी बिनाको माछी जस्तै बनेर
तड्पिरहेका मुस्कानहरू बुझाउँ कसलाई
सुकेका पात भएका सपनाहरु सँगै
मूर्छा परेको जीबन बुझाउँ कसलाई

Kathmandu, Nepal
email: gobi31@gmail.com